Section 46
शेयर बिक्री गर्न, धितोबन्धक राख वा हक हस्तान्तरण गर्न नपाउने
(१) कुनै बीमकको _संस्थापकले बीमा कम्पनी स्थापना गरेको पाँच वर्ष पूरा नभएसम्म संस्थापक शेयर बिक्री गर्न वा धितोबन्धक राख्न वा कुनै प्रकारले हक हस्तान्तरण गर्न पाउने छैन।
तर यो ऐन प्रारम्भ हुनुअघि कसैले कुनै बीमकको यस ऐनमा उल्लेख भएभन्दा बढी सङ्ख्यामा शेयर लिएको रहेछ भने निजले त्यसरी बढी हुन आउने शेयर यो ऐन प्रारम्भ भएको दुई वर्षभित्र बिक्री बितरण गरिसक्नु पर्नेछ।
(२) “उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बीमकको सञ्चालनमा कुनै बाधा व्यवधान उत्पन्न भई विशेष परिस्थिति सिर्जना हुन गएमा वा संस्थापक प्रचलित कानून बमोजिम कालोसूचीमा परेमा प्राधिकरणको स्वीकृति लिई संस्थापकहरूुबीच एक आपसमा शेयर खरिद बिक्री गर्न सकिनेछ।
स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि “विशेष परिस्थिति" भन्नाले गणपूरक संख्याको अभावले सञ्चालक समितिको बैठक लगातार तीन पटकसम्म बस्न नसकेको वा सञ्चालकको आपसी विवादको कारणले कुनै पनि निर्णयमा पुग्न नसकेको अवस्था सम्झनु पर्छ।
(३) बीमकको संस्थापकले पाँच वर्ष पूरा भएपछि निजको नाममा रहेको शेयर घितो बन्धक: राखे वा बिक्री वितरण गर्ने शर्त तथा बन्देज सम्बन्धी व्यवस्था प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ।
(४) बीमकको कार्यकारी प्रमुख, लेखापरीक्षक, कर्मचारी, कम्पनी सचिव वा बीमकको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रूपले: संलग्न व्यक्ति त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित बीमक वा त्यसको सहायक कम्पनीको शेयर आफ्नो वा आफ्नो एकाघरको परिवारको सदस्य वा वित्तीय स्वार्थ भएको अन्य कुनै पनि व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न लगाउन वा खरिद गर्न दिन, धितो बन्धक राख, राख लगाउन वा दान बकस लिन दिन, हस्तान्तरण गर्न वा लेनदेन गर्न हुँदैन।
तर बोनस शेयर, हकप्रद शेयर, कर्मचारीलाई छुट्याइएको शेयर वा नयाँ शेयर जारी हुँदा, परिच्छेद-१४ बमोजिम एक बीमकले अर्को बीमक प्राप्ति गर्दा वा एकआपसमा गाभ्दा, _ गाभिँदा, बीमा व्यवसाय हस्तान्तरण हुँदा वा प्राधिकरणको निर्देशन कार्यान्वयन गर्दा शेयरको खरिद बिक्री वा हस्तान्तरण गर्ने गराउने काम कारबाहीलाई यो उपदफाले बाधा पुच्याएको मानिने छैन। (५) बीमकको शेयर खरीद, बिक्री तथा अन्य व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ।